सर्वसाधारणलाई कुटपीट गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्ष रिहा

ओखलढुंगा । सर्वसाधारणलाई कुटपीट गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्ष तिन दिन पछि रिहा भएका छन् । 

मानेभञ्ज्याङ गाउँपालिका  ६ थाक्लेका वडाअध्यक्ष हेमराज राई २० हजार धरौटी बुझाएर तिन दिनपछि रिहा भएका हुन् । 

गत कात्तिक ४ गते मादक पदाथ सेवन गरी हर्कपुर स्थित अर्पण आयल स्टोरका सञ्चालक तथा अर्का स्थानीय ठाकुर अधिकारीमाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?