काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ ।
ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सीआस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन् । साथै, थ्री इन वान पोर्टलको दासबोर्डमा बैंकले सहज र सरल प्रक्रियाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरेको छ ।
यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ । खाता भइसकेका ग्राहकले समेत यसबाट सि–आस्वा तथा मेरो शेयरको सुबिधा लिन सकिनेछ ।
सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सकिनेछ ।
यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट थ्री इन वान वकाउन्ट मा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ ।
आईपीओ मार्फत् शेयर खरिद गरेका ग्राहकहरु समेत केही प्रकृयाहरु पूरा गरी सहभागी हुन सक्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया