स्व. बास्तोला कहिले नथाक्ने नेता : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. चक्रप्रसाद बास्तोलाको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

बास्तोलाको निधनको १३ औँ दिनमा पार्टी केन्द्रीय कार्यालय सानेपालमा बिहीवार आयोजित शोकसभामा बोल्दै सभापति शेउवाले नेपालको हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बास्तोलाको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले भने ‘उहाँले छोडेर गएका काम हामीले पूरा गर्नुपर्छ, त्यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

स्वर्गीय नेता बास्तोलाले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै कहिले नथाक्ने नेताको रुपमा बास्तोलाको चित्रण गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?