काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन सर्वियाली सरकारको निम्तोमा बेलग्रेट प्रस्थान गरेका छन् । सर्वियाको बेलग्रेटमा आयोजना हुन लागेको युरो एसियनइनर्जी सेक्यूरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन विहीवार विहान त्यस तर्फ प्रस्थान गरेका हुन् ।
सम्मेलन शुक्रवार र शनिवार दुई दिनसम्म चल्नेछ । मन्त्री पुनसँगै ऊर्जा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव दिनेश घिमिरे र निजी सचिवालयमा कार्यरत शाखाअधिकृत कमान सिंह थापा समेत भ्रमण दलमा सहभागि भएका छन् ।
सम्मेलनलाई मन्त्री पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका साथै उहाँले आफ्ना समकक्षी ऊर्जा र माइन हेर्ने सर्वियाका मन्त्री एलेक जेण्डर एण्टिकसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
सर्विया भ्रमणका क्रममा मन्त्री पुनले त्यहाका प्रथम उपप्रधान मन्त्री इभिका डाकिकसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक रोशन खड्काले बताएका छन् ।
सम्मेलनमा युरोप र एसियाका विभिन्न देशका मन्त्री र उच्च अधिकारीको सहभागीता रहनेछ । उक्त सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावनाबारे मन्त्री पुनले जानकारी गराउने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया