गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नुपर्छ : प्रधानमन्त्री

लोकपथ
42
Shares
प्रधानमन्त्री शेरबहादुर देउवाले अाइतबार सिंहदरबार प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा महिला ,बालबालिक तथा ज्येष्ठ नागरिक मन्त्रालयले अाेजित कार्यक्रम मा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक रहेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले देशमा प्रतिगमनको खतरा अझैपनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरु एक हुन जरुरी रहेको बताए । उनले निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनु परेको बताए । प्रधानमन्त्री देउवाले मिलेर निर्वाचन लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्ने बताए । उनले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिए ।

उनले भने – ‘जो अहिलेको गठबन्धन बनेको छ, यो लण्डन गएको लोकतन्त्र, प्रजातन्त्र छ । त्यसलाई स्थायित्व दिन आवश्यक छ । प्रतिगमनको खतरा अझैपनि छ । त्यसैले अहिले सबै पार्टीहरु एक हुन जरुरी छ । त्यसैले आज गठबन्धनमा सबैले मिल्नु पनि आवश्यक छ । दोस्रो कुरा अहिलेको संविधान अत्यन्त समावेशी संविधान छ । त्यो संविधानमा सबै नेपालीहरु अटाउने ठाउँ छ । साथसाथै कुनैपनि पार्टीको बहुमत आउन गाह्रो छ । त्यसैले गठबन्धन मिलाएर लानुपर्ने आवश्यक छ । यो एउटा संस्कृतिको विकास भएको छ । मिलेर चुनाव लड्ने, मिलेर लोकतन्त्रको सुदृढीकरण गर्ने साथसाथै मिलेर गरिबी हटाउने । त्यो मौका आएको छ । यो हाम्रो लागि ठूलो मौका हो । र चुनौती पनि हो । त्यसैले चुनौतीको सामना गर्दै मौकाको सदुपयोग गरेर हामीले नेपाललाई सच्चा मानेमा गणतन्त्रात्मक, लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्नुछ ।’

उनले काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवारहरु आपसमा मिलेर गठबन्धनलाई अत्याधिक मतले विजय गराउने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?