सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गोलागंजले चोरीपैठारीको सामान बरामद गरेको छ ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ५ स्थित बसरियाबाट कार्तिक ६ गते राति एपीएफ टोलीले करीब १ लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक गणेशलाल श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले लत्ताकपडा, ईलेक्ट्रोनिक सामान तथा विभिन्न किसिमको औषधी बरामद गरेको हो ।
बि.आर. ०५ एच १८०१ भारतिय नम्वर प्लेटको मोटरसाइकलमा भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सो सामान एपीएफ टोलीले बरामद गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया