काठमाडौं । सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दारले ११ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई ११ हजार घुस लिएको अभियोगमा मंगलबार पक्राउ गरेको हो ।
नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप गिरीमाथि लागेको छ ।
आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार जनकपुर उपमहानगरपालिका–४ कदमचोकबाट उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया