रौतहट । रौतहटमा १७ वर्षीय किशोरीको सामूहिक बलात्कार भएको छ ।
गुजरा नगरपालिकाको मनर्वा टोलमा दशैँको मेला हेर्न गएकी १७ वर्षकी किशोरी बलात्कृत भएकी हुन् ।
प्रहरीका अनुसार पीडित युवतीले सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएकी छन् ।
आइतबार राति दशैँको मेला हेर्न जाँदा आफूलाई छिमेकी युवकले मोटरसाइकलमा राखेर घर पुर्याइदिने भन्दै नहरको डिलमा पुर्याएको र तीन जनाले बलात्कार गरेको उनले प्रहरी सामू बताइन ।
पीडित किशोरीको स्वास्थ्य परीक्षण गराइएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
घटनामा संलग्न रहेका तीनै जना फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया