अछाम । अछामको कमलबजार नगरपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । सोही नगरपालिकाको अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएको प्रहरीले जनाएको छ ।
दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले कमलबजार–५ का एक १८ बर्षीय युवकलाई पक्राउ गरेको छ । उनलाई शनिबार साँझ अछाम प्रहरीले पक्राउ गरेको हो । तर उसको परिचय भने खुलाइएको छैन । पीडितको परिचय खुल्न सक्ने भएकाले उनको परिचय नखुलाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
गत ३ असोजमा गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै ती युवकले बलात्कार गरेका हुन् । तर, २ कात्तिकमा पुनः जंगलमा गाई, बाख्रा चराउन गएकी अर्की १४ बर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेपछि मात्र सो घटना सार्वजनिक भएको हो ।
बालिका भागेर घरमा पुगेपछि घटना सार्वजनिक भएको थियो । त्यस व्यत्तिलाई पक्रउ गरे पछि अनुसन्धानको क्रममा अर्को घटना पनि खुल्लन आएको हो ।
आफ्नो छोरीलाई ती युवकले घडी दिइ फकाएर बलात्कार गरेको पीडितका बुवाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
प्रहरी श्रोतका अनुसार पीडितलाई मार्ने धम्की दिई त्यो युवकले करणी गरेका थिए ।
घटनामा संलग्न युवकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया