ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ ।

विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?