ट्याक्सी मिटरमा जान मानेन ? त्यसो भए यसो गर्नुस्

काठमाडौं । हिन्दू नेपालीको महत्वपूर्ण चाड बडादशैँमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चलेका छन् । 

हुनत सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर तीन सुरक्षा निकाय ९नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी० ले राजधानीका विभिन्न रुटमा बस सञ्चालन गरेका छन् । 

तर, आज काठमाडौं उपत्यकामा चल्ने ट्याक्सीले आज मिटरमा नचलाए कारबाही हुने ट्राफिक महशाखाले जनाएको छ । 

ट्याक्सी चालकले मिटरमा जान नमाने ट्राफिक प्रहरीको फोन नम्बर १०३, ४२१९६४१ एव हेलो सरकार कक्षको ४२ ११ ०८७ र ९८५११४५०४५ मा खबर गर्न अनुरोध गरेको छ । 

चाडपर्वका बेला सार्वजनिक यातायात कम चल्ने हुनाले ट्याक्सी चालकहरुले मौकाको फाइदा उठाएर दोब्बरसम्म भाडा लिने गरेको पाइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?