मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको ठूलो भर्‍याङमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

सिन्धुपालचोक जुगल–७ घर भइु हाल सानो भर्याङ बस्दै आएका ५५ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको प्रहरी कार्यालयले जानकारी दिएको छ । । उनको मनमोहन मेमोरियल अस्पताल, कलंकीमा उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको हो ।

बनस्थलीबाट स्वयम्भु जाँदै गरेको बा २९ प ३७०७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । 

ठक्कर दिने सवारीसाधन र चालकलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले नियन्त्रणमा लिएर अवाश्यक अनुसन्धान शुरु गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?