काभ्रे । आज राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पाचखाल-९ मा रहेको पलाञ्चोक भगवतीको दर्शन तथा पूजा गरेकी छन् ।
राष्ट्रपति भण्डारी विहान ९ बजेर ३५ मिनेटमा पलाञ्चोक भगवती पुगेकी हुन् । करिब १५ मिनेट उनले मन्दिरमा पूजा र भगवतीको दर्शन गरेर फर्किएकी छन् ।
राष्ट्रपति भण्डारीको स्वागत जिल्ला समन्वय समितिका प्रमुख उदव केसी, प्रमुख जिल्ला अधिकारी कृष्ण राउत, धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, एसपी रविराज खड्का लगायतले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया