काठमाडौं–दशैंमा २५ लाखको हाराहारीमा सर्वसाधारणले काठमाडौं छाडेका छन् । काठमाडौं सुनसान छ । गाडीहरु कम चलेका छन् ।
यहाँका स्थानीय र कामविशेषले राजधानीमै रहकाहरुलाई गन्तब्यमा पुग्न सहज पुगोस् भन्ने उद्देश्यले नेपाल प्रहरी र सशस्त्र प्रहरीको बसहरु विभिन्न रुटमा चलेका छन् । सशस्त्र प्रहरीले मंगलबारदेखि र नेपाल प्रहरीले आजदेखि ती बस सेवा सञ्चालनमा ल्याएको हो । ती बसमा यात्रा गरेको पैसा पर्दैन ।
सशस्त्र प्रहरीको बस दशैं विदा अवधिभर चल्नेछन् भने नेपाल प्रहरीको विजयादशमीको दिनसम्म चल्नेछ ।
नेपाल प्रहरीको बस प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर सञ्चालित हुनेछन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार नक्साल–पुतलीसडक–माइतीघर–कुपण्डोल–पुल्चोक–जावलाखेल–एकान्तकुना–बल्खु–कलङ्की–कालीमाटी–त्रिपुरेश्वर–शहीदगेट–रत्नपार्क–दरबारमार्ग हुँदै नक्सालसम्म सेवा दिइने छ । त्यस्तै नक्साल–मैतिदेवी–गौशाला–कोटेश्वर–तीनकुने–बबरमहल–माइतीघर–त्रिपुरेश्वर–शहीदगेट–लैनचौर–लाजिम्पाट–नारायणगोपालचोक–बालुवाटार हुँदै पुनःनक्सालसम्म पनि प्रहरीको बस चल्नेछन् ।
यसैगरी नक्साल–जयनेपाल हल–लैनचौर–सोह्रखुट्टे–नयाँबजार–बालाजुचोक–नयाँ बसपार्क–तिलिङ्गेटार–नारायणगोपाल चोक–सुकेधारा चोक–चाबहिल–गौशाला–रातोपुल हुँदै पुनः नक्सालसम्म प्रहरीका बसले सेवा दिनेछन् ।
प्रहरीको निःशुल्क बसहरु बिहान ११ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने प्रहरीले जनाएको छ ।
यसैगरी सशस्त्र प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा संचालन गरेको छ ।
सशस्त्र प्रहरी बल हल्चोकका अनुसार निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सुर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ ।
यसैगरी अर्को रुटमा लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारीहुँदै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रुट हुँदै लगनखेलसम्म पुग्नेछ ।
यसैगरी अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर कलंकी हुँदै बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, सामाखुशी, बालाजुहुँदै चक्रपथ परिक्रमा गर्नेछ भने अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर बालाजुहुँदै सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा गर्नेछ ।
सशस्त्र प्रहरीले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको विदा अवधिभर बिहान ०८ः०० बजेदेखि बेलुका ०६ः०० बजे सम्म संचालन हुने जनाएको छ ।
यस्तै सेनाले पनि दशैंको टीकाको दिन बस चलाउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया