गोरखा । गोरखा दरबारबाट काठमाडौंमा फूलपाती पठाइएको छ ।
गोरखा नगरपालिकाको आर्थिक सहयोग, गोरखा दरबार हेरचाह अड्डा, गोरखा पर्यटन विकास केन्द्र एवं पर्यटन सूचना केन्द्र र सतिपिपल क्लबको समन्वयमा विहानै गोरखा दरबारबाट बाजागाजासहित डोलीमा राखेर फूलपाती काठमाडौं पठाइएको हो ।
दरबारबाट बोकेर ल्याइएको फुलपाती सतीपिपलको फूलपाती चौताराबाट वा २० च ४३९४ नम्वरको जिपमा राखेर काठमाडौं लगिएको हो ।
एकीकरणको क्रममा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फुलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको उनले बताए ।
शाह बंशको उद्गम थलो गोरखा भएकाले यहाँको फुलपाती काठमाडौं लाने प्रचलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया