प्रदेशका कर्मचारी ऋण खोजेर घर फर्किए

दोलखा–जिल्ला वन कार्यालय दोलखाका रेञ्जर कपिल रावल दसैं मान्नका लागि घर जान घरबाट खर्च मागेर फर्किए ।
अछाम घर भएका रावलले सरकारी जागिर खाए पनि पहिलो पटक घर फर्कनसमेत ऋण खोजेर गाडी भाडा गरेर घर गए ।

इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइरालाको हालत पनि उस्तै भयो ।
 सरकारी जागिरको ५ वर्षे अवधिमा उनी पहिलोपटक आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि रित्तो हात लिएर दसैं मनाउन घर फर्किए । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका एक कर्मचारीले भने– हिजोसम्म त तलब आउला भन्ने आश थियो, अब त्यो निरासामा परिणत भयो दसैं खल्लो हुने भयो । कारोबार दैनिकमा खबर छापिएको छ ।  

यी माथिका प्रतिनिधि पात्र मात्र हुन् । तीन तहको सरकारमध्ये यस वर्ष ३ नं प्रदेश मातहातका कर्मचारीहरू दसैं मनाउन रित्तो हात घर फर्केका छन् ।
प्रदेश सरकार माताहातका डिभिजन वन, खानेपानी, कृषि, भूसंरक्षण, पशु सेवा, सिँचाइ, जिल्ला प्राविधिक कार्यालय, जल उत्पन्न कार्यालयका दोलखाका मात्र २ सय ५० कर्मचारीहरू तलब र दसैं खर्चबिनै दसैं मनाउन बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?