काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी मंसिर ४ को निर्वाचनका लगि समानुपातिकहरुको बन्दसूची सार्वजनिक गरेको छ ।
आयोगले शनिबार राति अबेर दर्ता हुन आएका राजनीतिक दल र उनीहरुले बुझाएको समानुपातिकको बन्दसूची सार्वजनिक गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया दिएको जानकारी अनुसार प्रतिनिधि सभातर्फ ४८ वटा दलका २ हजार ४३६ जना उम्मेदवारको नाम सार्वजनिक भएको छ ।
जसअनुसार प्रदेश १ मा ३६ वटा दलका ६६१ जना समानुपातिक तर्फका उम्मेदवार, मधेस प्रदेशमा पनि ३६ वटा दलका ९४८ जना उम्मेदवार, बागमती प्रदेशमा ४१ वटा दलका ८२५ उम्मेदवार, गण्डकी प्रदेशमा ३१ वटा दलका ३६८ उम्मेदवार, लुम्बिनी प्रदेशमा ३२ वटा दलका ६५७ उम्मेदवार, कर्णाली प्रदेशमा २८ दलका २२२ उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा ३४ दलका ३७६ उम्मेदवारसहित ६ हजार ४ सय ९३ जना उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको हो ।
आयोगका अनुसार समानुपातिक तर्फको बन्दसूचीमा रहेकाहरु कोही पनि प्रत्यक्षमा चुनाव लड्न पाउनेछैनन् ।
आगामी निर्वाचनको लागि सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना समेत भइसकेको छ । भने आज मनोनयनको मिति तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया