काठमाडौं– दसैंं भन्नेबित्तिकै झट्ट सम्झना आउँछ– नयाँ नोट, नयाँ कपडा, टीकाजमरा, आफन्त भेटघाट र पिङ ।
कान्तिपुर दैनिक लेख्छ-परम्परागत संस्कृति र मासु (मांसहारीका लागि) दसैंंको अर्को चिनारी । यतिमात्र नभई दसैंंले नेपालको अर्थतन्त्रमा समेत रणनीतिक भूमिका निर्वाह गरिरहेको छ ।
दसैं केन्द्रित तथ्यांक हालसम्म तयार नभए पनि वार्षिक कारोबारको झन्डै एक तिहाइ आर्थिक गतिविधि यही चाडमा हुने गरेको छ ।
‘सहरदेखि गाउँसम्मको अर्थतन्त्रलाई एकैपटक चलायमान बनाउने एकमात्र उत्सव हो,’ पूर्वअर्थसचिव शान्तराज सुवेदी भन्छन्, ‘दसैंले अस्थायी रोजगारीसमेत सिर्जना गरिदिन्छ ।’
उनका अनुसार वार्षिक कुल उपभोग खर्चको २५ देखि ३० प्रतिशत हिस्सा दसैंंले ओगटेको छ । गत वर्ष साढे २५ खर्ब रुपैयाँ मूल्यको उपभोग नेपालीले गरेका थिए । यसमध्ये झन्डै ७ खर्ब रुपैयाँ बराबरको उपभोग दसैंमा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया