यी रुटमा प्रहरीले अष्टमीदेखि तीन दिन निशुल्क बस सञ्चालन गर्ने

काठमाडौं । प्रहरीले अष्टमीदेखि तीनदिन काठमाडौंमा निशुल्क बस सञ्चालन गर्ने भएको छ । 

दशैँको तीन दिन अष्टमी, नवमी र विजया दशमीको दिन प्रहरीले निशुल्क बस सञ्चालन गर्ने भएको हो । 

नेपाल प्रहरीका अनुसार बुधबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म काठमाडौंको तीवटा रुटमा निशुल्क बस सञ्चालन गर्ने भएको छ ।

प्रहरीको बस पहिलो रुट अन्तर्गत नक्शालबाट छुटेर पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, शहीदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै नक्शालसम्म पुग्नेछ ।

त्यस्तै अर्को रुटमा नक्शालबाट छुटेर मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, शहीदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै नक्शालसम्म पुग्नेछ ।

तेस्रो रुटमा नक्शालबाट शुरु भई जय नेपाल हल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजुचोक, नयाँ बसपार्क, तिलिंगेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, चाबहिल, गौशाला, रातोपुल हुँदै नक्शालसम्म प्रहरीले निशुल्क बसन सञ्चालन गर्ने भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?