राष्ट्रपति भण्डारीले दशैँमा भीआईपीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन भीआईपीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएकी छिन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्रा केशव प्रसाद घिमिरेले सोमबार जारी गरेको विज्ञप्तिमा कात्तिक २ गते परेको  विजया दशमीको दिन विशिष्ट पाहुनाको लागि दिउँसो १ देखि २ बजेसम्म र सर्वसाधारणलाई २ बजेदेखि अपरान्ह ४ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

टीकाको कार्यक्रम राष्ट्रपति भवन शीतल निवासको गेट नम्बर १ को ढोका खुल्ला रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?