गोरखा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकारले विकास र समृद्धिको न्यूनतम काम पनि गर्न नसकेको आरोप लगाएका छन् ।
सोमबार नयाँ शक्ति पार्टी जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता भट्टराईले सरकार यही बाटोमा हिँडे जनताले अर्को विकल्प खोज्नुपर्ने बताएका हुन् ।
सरकारको लक्षण गतिलो नदेखिएको बताउँदै संयोजक भट्टराईले भने, ‘राजनीतिक दल र नेतृत्व रुपान्तरण हुन तयार नहुँदा दुई तिहाइको सरकार न हाँसको चाल न कौवाको चाल बनेर अलपत्र भएर बसेको छ, महिला तथा बालबालिकाहरुमा असुरक्षा बढेको छ, सरकार यस्ता घटनाका दोषी उपर केही गर्न सक्दैन हामी चिन्तित छौँ ।,’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया