आजबाट सर्वसाधारणले श्रीपेच अवलोकन गर्न पाउने

काठमाडौं । शाहवंशको विरासतका रुपमा रहेको श्रीपेच आजबाट नारायणहिटी दरबार संग्रहालयमा सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । 

सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनी उद्घाटन गर्न लागेका हुन् ।

सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री राखिनेछन् । 

आजबाट प्रदर्शनीमा आउने श्रीपेच बुलेट प्रुफ सिसासहितको सोकेसमा राखिने पुरातत्व विभागले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?