बागलुङबाट गुल्मीतर्फ आउँदै गरेको जीप गरगरेमा दुर्घटना, २ को मृत्यु

गुल्मी । गल्मीको चन्द्रकोट गाउँपालिका–२, बिसुखर्कको गरगरेमा जीप दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

बागलुङको हटियाबाट गुल्मीको चन्द्रकोटतर्फ आउँदै गरेको लु १ ज २१८१ नं.को जीप गरगरेमा दुर्घटना भएको हो । 

दुर्घटनामा चन्द्रकोट गाउँपालिका–२ का ३५ वर्षीय लालबहादुर गरुङ र ५२ वर्षीय भरत गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार जीपमा कति यात्रु सवार थिए र के कारणले दुर्घटना भयो भन्नु खुलेको छैन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?