काठमाडौं– नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौंमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ ।
प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँदिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्केका छन् ।
‘भारतीय प्राविधिकले डिफेन्स (सैन्य) कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको छ । प्राविधिकको वार्ताबाट टुंगिएन ।’
उनका अनुसार नेपालले मागेका हवाई रुटमुनि आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चाप रहेको भन्दै भारतले अनुमति दिन नसकिने जनाएको छ ।
प्राविधिक तहको उक्त एकदिने बैठक बिहीबार दिल्लीस्थित राजीव गान्धी भवनमा भएको हो ।
‘ढोका बन्दै भइसकेको छैन,’ नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, ‘नेपालमा पछिल्लो पटक बढ्दो हवाई चापमा उनीहरू पनि सघाउन चाहन्छन् । तर यस पटक टुंग्याउन सकिएन ।’ कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया