काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत कृष्णप्रसाद सुवेदी १ लाख घुससहित कार्यालयबाटै पक्राउ परेका हुन् ।
उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि घुस माग गरेका आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए ।
आइतबार विशेष सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले सुवेदीलाई १ लाख घुस लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको प्रवक्ता दंगालले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया