करिब २० लाख सर्वसाधारण बाहिरिए, मंगलवारबाट काठमाडौं उपत्यका खाली

काठमाडौं । दशै मनाउन गृह जिल्ला फर्किनेहरुको भीड बाग्लीदै गएको छ । आजसम्मका करीव २० लाख सर्वसाधारणले काठमाडौं उपत्यका छोडेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, घरफर्किनेहरुको चाप ३० गतेसम्म रहने छ । टाढा–टाढासम्म पुग्नेहरु २४ गतेबाट नै घर फर्किन थालेका हुन ।

छोटो दुरी तथा काठमाडौं छिमेकी जिल्ला र हवाई सुविधा भएकाहरु ३० गतेसम्म घर फर्किने गरेको गर्छन ।

महानगरीय ट्राफिक प्रहरीका अनुसार, यो वर्ष दशै मनाउन काठमाडौंबाट ४० लाख सर्वसाधारण वाहिरिने अनुमान गरिएको छ ।

महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक बसन्त पन्तले भने, ३१ गतेसम्म काठमाडौं उपत्यका शुन्य जस्तै हुने छ ।

दशै मनाउन गत २४ गतेबाट नै सर्वसाधारण घर फर्किन थालेका हुन ।

हिजोआज दैनिक १६ सय सवारी साधनहरु काठमाडौं उपत्यकाबाट वाहिरिने गरेका छन् ।

तर भित्रिने सवारी साधनहरुको संख्या भने निकै कम रहेको छ । महाशाखाका अनुसार, दैनिक एकहजारको हाराहारीमा उपत्यकामा सवारी साधनहरु भित्रिरहेका छन् ।

काठमाडौं उपत्यका प्रवेशका छ वटा नाकाहरु मध्ये सबैभन्दा बाक्लो घुंइचो नागढुङ्गा र जगाते साँगा भक्तपुरमा लागेको छ । त्यसपछि फर्पिङमा देखिएको छ ।

उपत्यका वाहिरबाट सार्वजनिक यातायातका तथा भाडाका सवारी साधनहरु बढी आउने गरेका छन् । कतिपय मोटरसाइकलबाट वाहिरिने भएकाले सो संख्या उल्लेख गरिएको छ ।
न्यूरोडको चाप घटेन

यसैबीच, काठमाडौं उपत्यकाको मुख्य ब्यापारी केन्द्र न्यूरोड, खिचापोखरी, असन र इन्द्रचोकक्षेत्रमा सर्वसाधारणको चाप घटेको छैन ।

दशैको सरसामान किनमेल गर्नेहरुको बाक्लो भीडसंगै यसक्षेत्रमा ट्राफिक जामका अतिरिक्त सर्वसाधारणको आवागमनमा समस्या देखिएको छ ।

मूख्य ब्यापारी क्षेत्रमा लागेको सर्वसाधारणको भीडले घर फर्किनेहरु भन्दा काठमाडौंमै बसोवास गर्नेहरुमो भीड बाक्लो देखिन्छ ।

तर, प्रहरीले घर फर्किनेहरुको संख्या ३१ गतेसम्म रहेकाले काठमाडौंको चाप स्वात्तै नघट्ने बताएको छ ।

दशै तिहार विदा कटौती भएसंगै २८ र २९ गते पनि सार्वजनिक विदा नभएकाले पनि घर छिटो घर फर्किनेहरुको संख्यामा कमि आएको हो ।

३१ जना चालकलाई मापसे कारवाही

यात्रु बोकेर वाहिरिदै गरेका ३१ वटा सवारी साधनका चालकहरुलाई मापसे कारवाही गरेको छ ।

ती चालकहरुले मदिरा सेवन गरी सवारी चलाएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरी कारवाही गरेको हो ।

भाडादरको गुनासो बढी

यसैबीच, भाडादरका विषयमा धेरै गुनासो आएको प्रहरीले जनाएको छ । यातायात ब्यवसायीहरुले बढी भाडा लिनुका साथै सिटको समेत ब्यवस्था नगरेको गुनासो गरेका छन् ।
अन्य समस्याहरुलाई विभिन्न स्थानमा सञ्चालित प्रहरी सहायता कक्षबाट समाधान गरिएको जनाइएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?