काठमाडौं–लोकसेवा आयोगले कर्मचारी रिक्त दरबन्दी पूर्तीका लागि असोज अन्तिम साता नियमित विज्ञापन ननिकाल्ने भएको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया नै अगाडि नबढेकोले रिक्त दरबन्दी यकिन हुन नसक्दा आयोगको नियमित विज्ञापनमा असर परेको हो ।
आयोगले हरेक वर्ष असोजको अन्तिम हप्ता बुधबार विभिन्न सेवा समूह अन्तर्गत रिक्त पदपुर्तिका लागि विज्ञापन प्रकाशित गर्दै आएको थियो । यसपटक भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगलाई अहिलेसम्म रिक्त दरबन्दीको विवरण दिन सकेको छैन । नयाँ पत्रिकाले खबर छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया