काँग्रेस नेता बास्तोलाको निधन

काठमाडौँ–लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ ।

ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए ।

विसं २०६९ पुस १४ गतेदेखि उनी  मष्तिस्काघातबाट पीडित थिए ।
काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?