कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको अवस्था निकै गम्भीर

काठमाडौं ।   नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था जटिल भएको छ ।

२०६९ सालमा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएकोमा झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए ।

बास्तोलालाई शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल भएको भन्दै अस्पतालले ४ बजे डिस्चार्ज गरेको थियो । अहिले उनी खुमलटारस्थित निवासमा छन् ।

 कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बास्तोलाको अवस्था  अत्यन्तै गम्भिर भएका कारण अस्पतालले  घर पठाएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?