दोस्रो पटक नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।  

आज (शनिबार) बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो । बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

नेकपाको लगातार यो दोस्रो पटक बैठक सारिएको हो । 

उनले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको बताए । बैठकको समय र स्थान भने तोकिएको छैन । यसअघि गत बुधबार डाकिएको सचिवालय बैठकसमेत सारिएको थियो । 

बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने कार्यसूची रहेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?