काठमाडौं । काठमाडौंबाट गाइघाट जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएको छ ।
बस सुनकोशी गाउँपालिका–३, रातोमोटेमा सडकमै दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् भने अन्य यात्रुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।
एसपी रामेश्वर यादवका अनुसार बसमा ३० जना सवार थिए ।
उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
यसअघि शुक्रबार सुनकोशी–५, मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया