काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सोचेअनुरुपको काम गर्न नसकेको स्वीकार गरेका छन् ।
शनिबार नेकपा मध्यपुर थिमि नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
‘कमजोरी सच्याउँदै राम्रो काम गर्न प्रयासरत छौँ, उनले भने ।
उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्न र धूलोमुक्त बनाउन सोचेअनुरुप नसकिएको भन्दै प्रचण्डले आउने नयाँ वर्षसम्ममा यो समस्या समाधान गर्ने दाबी गरे ।
‘अन्य कुरामा भने हाम्रो नेतृत्वको सरकारले धेरै परिर्वतन गरेको छ, जनताको समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री र बारम्बार छलफल गर्दै आएको छौँ’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया