काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि ट्रिपर सञ्चालनमा नयाँ नियम लागू गरेको छ ।
शनिबारदेखि जिल्ला प्रशासनले आगामी कात्तिक ५ गतेसम्मको लागि पिक आवरमा बाहेक अरु समयमा ३५ किलोमिटर प्रतिघण्टा नबढ्ने गरी चलाउन पाइने नियम लागू गरेको हो ।
नियमअनुसार बिहान ९ः०० देखि ११ः३० बजेसम्म र दिउँसो ५ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बाहेक अरु समय ट्रिपर चलाउन पाइने छ ।
अत्यावश्यक निर्माण सामाग्री ढुवानीमा परेको समस्यालाई मध्यनगर गर्दै दशैँको अवसरमा प्रशासनले यो नियम ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया