काठमाडौं । सिन्धुलीको मरिङबाट काठमाडौंको लागि छुटेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
ना ६ ख ९१२ नम्बरको सो बस स्थानीय मुलकोट भन्ने स्थानमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बस सडकबाट करीब ३ सय मिटर तल खसेर टुक्राटुक्रा भएको छ ।
बसमा जम्मा ८ जनामात्रै सवार रहेका थिए ।
घाइतेहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया