नवलपरासी । बिहीवार दिउँसोदेखि नवलपरासीको दाउन्नेमा सयौँ यात्रु २० घण्टादेखि अल्पत्र परेका छन् ।
बिहीवार दिउँसो ३ बजे नवलपरासीको दाउन्नेमा घिउखोला र दुम्किबासमा पल्टिएको भुस बोकेको ट्रक राजमार्गबाट नहटाइँदा जामका कारण यात्रुहरु अलपत्र परेका हुन् ।
दसैँ मान्न घर हिँडेका यात्रुहरु बीच बाटोमा नै अलपत्र पर्दा स्थानीय प्रशासन र प्रहरीले बाटो खुलाउन कुनै पहल नगरेको यात्रुहरु बताउँछन् ।
देशभरका यात्रु हिँड्ने मुख्य राजमार्ग अवरुद्ध भएको २० घण्टा भन्दा बढी हुँदा समेत राजमार्ग खुलाउने काममा सकृयता नदेखाएको भन्दै यात्रुहरु आक्रोशित हुन थालेका छन् ।
दुम्किवासदेखि चोरमारासम्मको २२ किलोमिटर खण्डमा जंगल भएकाले यात्रुहरुलाई भोकै बस्नु परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया