कठै काठमाडौंका सडक ! (फोटोफिचर)

लोकपथ
133
Shares
कालोपुलमा ढल राखेपछि

काठमाडौं देशकै संघीय राजधानी हो । राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ ? यो सबै हामीलाई थाहा नै छ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरु बस्ने ठाउँ, देशभरका शहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ पनि हो काठमाडौं ।

स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरुको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ । चाहे त्यो
शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस् । तर बिडम्वना काठमाडौं जस्तो देशको राजधानी र प्रमुख शहरका सडकहरुको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय ।

कतै खाल्डाखुल्टी त कतै हिलाम्मे र धुलाम्मे बाटो । चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा पुनःनिर्माणको काम समेत सरकारी निकायहरुले गर्न सकेका छैनन् । जमानामा बनेका सडकहरुमा बिच्छ्याइएको कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्टी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँदिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ ।

भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै साथमा सिर्जित व्यवधानले आवतजावतमा झनै सकस पुगेको सहजै देख्न सकिन्छ । सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरु विकासको कुरामा सवालजवाफमा नै सिमित छन् । चुनावका बेला बाध्यताले गरिएको कालोपत्रे र सडक निर्माण केही महिना नबित्तै भत्किएर पुनः उस्तै हुन्छ ।

दीर्घकालीन रुपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महशुस गर्न प्रतिनिधिहरुले सकिरहेका छैनन् । राजनीतिक दलका प्रतिनिधित्व र सरकारले सडक विकासलाई वयवस्थित गर्न नजान्दा र नसक्दा, अझ भनौ प्राथमिकतामा नराख्दा हरेक दिन आम नागरिकहरुले दुःख भोगिरहेका छन् । कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ, कतै टायर, ढुंगा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्, त कतै ट्राफिक पुलिसका होर्डिङ बोर्डहरु छरपस्ट देख्न सकिन्छ ।

कथामा हामीले बोलिरहनु भन्दा पनि फोटोले नै काठमाडौं उपत्यकाका सडकको वास्तविक अवस्थालाई छर्लङ्ग बोल्छ ।

आजको फोटो फिचरमा यी तस्बिर : 

इमाडोल सडकमा अलपत्र अवस्थामा ढलको मंगालको ढक्कन ।

 

काठमाडौंको कोटेश्वर नजिकै चक्रपथमा सडकको बीचमा बनाइएको ड्रेन ।

 

तीनकुने सडकमा फ्याकिएको डिभाइडर ।

 

गोदावरी सडकखण्डको बाँडेगाँउमा ढल निर्माणको क्रममा अलपत्र अवस्थामा ।

 

ग्वार्को सडकमा फ्किएको डिभाइडर ।

 

डिल्लीबजार सडक भत्केपछि देखिएको मंगालको ढक्कन ।

 

कालोपुलमा ढल राखेपछि ।

 

थसिखेल सडकमा अलपत्र निर्माण सामाग्री ।

 

ललितपुरको वालकुमारी सडको डिभाइडरमा गाडी ठोक्किएर दुर्घटना भएपछि।

 

चापागाँउ सडकको बीचमा ढल अलपत्र राखेर ढलान गरेपछि ।

 

सुनाकोठी सडकमा बर्षे भेलले बनेको पोखरी ।

 

ढोलाहिटी सडकमा सैलुङ कन्ट्रक्सनले कालोपत्र गरेको सडक भासिएपछि राखिएको संकेत ।

 

खुमल्टार सडकको खाल्टो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?