काठमाडौं । सांसद हृदयेश त्रिपाठिले कृषि मन्त्रालय खारेज गर्न माग गरेका छन् ।
मन्त्रालयले कृषकको हितमा काम नगरेको भन्दै मन्त्रालय खारेज गर्न माग गरेका हुन् ।
उनले भने, ‘अहिले मन्त्रालय कर्मकान्डि रुपमा चलेको छ, सबै भन्दा बढि कर्मचारी विदेश भ्रमण जाने मन्त्रालय यहि हो ,अहिले १०० रुपैयाँमा १८ रुपैयाँ मात्र कृषकको लागि खर्च भएको छ, बाँकी ८२ रुपैयाँ कर्मचारीले भ्रमण लगायत अनावश्यक विषयमा खर्च गरेका छन ।’
सार्वजनिक लेखा समितिको बैठकमा त्रिपाठिले कृषकले आफुले उत्पादन गरेको उखुको मूल्य निर्धारण गर्न नपाएको आक्रोश व्यक्त गरे । उनले भने, ‘कृषकले चिनि उत्पादन गर्छन तेस्रो पाटिले मूल्य निर्धारण गर्नु पर्ने वातावरण बन्नु भएन, आफुले उत्पादन गरेको उखु आफै मूल्य निर्धारण गर्न पाउनु पर्छ ।’
समितिको बैठकमा सांसद राजेन्द्र कुमार केसिले अन्तराष्टिय बजारमा चिनिको मूल्य घटेकाले नेपालमा पनि घटनु पर्ने बताए ।
अर्का सांसद धर्मशिला चापागाईले ताप्लेजुङमा आफुले सोध्दा चिनिको मूल्य १०० रुपैया रहेको बताईन । उनले भनिन, ‘हामिले शहरमा मात्रै हेरेर हुँदैन विकट ठाँउलाई पनि हेरौ ।’
समितिको बैठकमा उपस्थित अधिकाश सांसदले चिनिको मूल्य घटाउन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया