काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा अत्यधिक अनियमितता भएको भन्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बजार बन्द गर्नुपर्ने टिप्पणी गरेका छन् ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटका क्रममा मन्त्री खनालले बजारमा अत्यधिक अनियमितता रहेकाले त्यसलाई बन्द गरेर अर्को बजार बनाउने योजनामा आफू रहेको बताएका हुन् ।
‘कालिमाटी तरकारी बजारमा एउटाले स्टल लिएर अरुलाई नै महंगोमा भाडामा लगाउने क्रम रोक्न हामीले अनुगमन ग–यौ, ५७ वटा खारेज भएको थियो । तर, अहिले २५ वटाले स्टे अडर लिएर आइसके । अवस्था यस्तो छ । त्यसकारण बन्द नै गर्नुपर्छ भन्ने लागेको छ । हामीले विकल्प पनि खोजेका छौँ ।’
त्यस्तै काठमाडौंमा बिक्रीका लागि राखिएका राँगा र भैंसीका मासुमध्ये ९० प्रतिशत खान लायक नभएको भेटिएको पनि उनले बताए ।
‘५ वटामा अनुगमन गर्दा ४ वटा बन्द गरेका छौं, न्युनतम मापदण्ड पनि लागू गरेको पाइएन’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया