वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट स्वचालित पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ बस्ने २५ वर्षका मनोज पासवान रहेका छन् ।
सादा पोशाकमा खटिएको प्रहरी टोलीले पर्साको पर्टेर्वासुगौली गाउँपालिका ४, फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा पासवानको साथबाट स्वचालित पेस्तोल बरामद गरेको हो ।
पासवानको शरीर खानतलासी गर्दा ‘मेड इन युएसए’ लेखिएको स्वचालित पेस्तोल र त्यसमा लाग्ने एउटा खाली म्यागजिन फेला परेको प्रहरीले बताए ।
डिएसपी सत्यनारायण थापाका अनुसार हतियारसहित पक्राउ परेका उनलार्ई िजल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया