पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न डाकिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
असोज २५ गतेलाई डाकिएको बैठक अधिकांश नेताले बहिस्कार गर्ने चेतावनी दिएपछि स्थगित भएको बुझिएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले भातृ संस्था नेविसंघको विधानमा ३२ वर्षे हदम्याद कायम गर्ने निर्णय पारित गरेपछि केहि नेताले चरम असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
स्थगित बैठक कहिले बोलाउने भन्ने विषय भने अन्यौल छ । यद्यपी दशैं अघि बैठक बस्ने संभावना कम देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया