काठमाडौं । उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पाँच लाख घुससहित पक्राउ गरेका हुन् ।
आयोगको पोखरास्थित कार्यालयबाट खटिएका कर्मचारीले बुधबार बिहान ८ः४५ बजे उच्च सरकारी वकिलको कार्यालयमा कपिलवस्तुका रामकुमार टण्डनले पैसा दिँदै गर्दा उनी रंगेहात पक्राउ परेका हुन् ।
सहन्यायाधिवक्ता थापाले टण्डनका छोरा अनुपमलाई ठगीको मुद्दामा नपक्रिने व्यवस्था मिलाउँछु भन्दै पैसा लिएको अख्तियारले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया