१ संघीय संसदको दुवै सदनवाट पारित गरी पठाइएको नागरिकता विधेयक प्रमाणीकरण अलमलमा, राष्ट्रपति विद्यादेवी भण्डारीले आज राती १२ बजेसम्म प्रमाणीकरण गरिसक्नुपर्ने समयसीमा
२. निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलनको तालिका सार्वजनिक, असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली कार्यक्रम सञ्चालन गरिने
३. संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउन लागेको हल्ला निराधार रहेको कानुनमन्त्री गोविन्दप्रसाद शर्माको भनाइ, दलहरुबीच सहमति जुट्न नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्न नसकेको उल्लेख
४. आयात प्रतिस्थापन गर्न मुलुकभित्रै उत्पादन वृद्धि गर्नुको विकल्प नभएको अर्थमन्त्री जनार्दन शर्माको भनाई, नेपाली उत्पादनको वृद्धी गरी निर्यात बढाउन बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादन उद्योगमा बढी हुनुपर्नेमा जोड
५. संसदीय समितिले दसैँ, तिहार, छठजस्ता पर्वहरूका लागि देशभर सुपथ मूल्य पसलहरूको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन, बस काउन्टरहरूको आवश्यक व्यवस्था मिलाउन र बसको भाडादरलाई व्यवस्थित बनाउन पनि माग
६ धनगढीमा ९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, काठमाडौं ल्याउने सरकारी प्रयास असफल, माग सम्बोधन नभएसम्म अनशन जारी रहने डा. केसीको अडान
७. भदौ महिनामा दुई अर्ब ४२ करोडको विद्युत् भारत निर्यात, थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड बजारमा, प्रतिस्पर्धा मार्फत बिक्रीको प्रस्ताव
८. सरकारले लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा अनिवार्य दुई चालकको व्यवस्था गर्नुपर्ने नियम बनाए पनि अझै कार्यान्वयन भएन, चाडबाड नजिँकिदा यात्रु असुरक्षित
९.राज्य र मुलुकको अर्थतन्त्रले आन्तरिक उत्पादनमा वृद्धि गर्न खोजेको गभर्नर महाप्रसाद अधिकारीको भनाइ, निक्षेप तथा कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि योजना विहीन देखिएको आरोप
१०. नेपालमा बढ्दै डेंगुका बिरामी, देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुग्यो, हालसम्म डेंगुका कारण २१ जनाको मृत्यु
११. साताको तेस्रो कारोबार दिन सेयर बजारमा उच्च अंकको गिरावट, नेप्से परिसूचक ३८.८१ अंकले घट्दा कारेबार रकम १ अर्ब २३ करोड रुपैंयामा सीमित
१२. नेपालमा घट्दै कोरोना सङ्क्रमण, पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ६० जना संक्रमण मुक्त, सक्रिय संक्रमितको संख्या १ हजार ६ सय १९
१३. सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको ८० वर्षको उमेरमा निधन, पोल्याकोभले मिर स्पेस स्टेशनमा सन् १९९४ देखि १९९५ सम्म पृथ्वीको परिक्रमा गरी ४३७ दिन अन्तरिक्षमा बिताएका थिए
१४. नेपालले माल्दिभ्समा आयोजना हुने साबा महिला बास्केटबल च्याम्पियनसिप खेल्ने, सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स जाने
१५. र,सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक, ६० क्लबलाई २० समूहमा विभाजन, छनौट खेलहरु असोज ६ गतेबाट कात्तिक २४ गतेसम्म चल्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया