काठमाडौं । सर्वोच्च अदालत आजबाट १५ दिन बन्द हुने भएको छ ।
विजया दशमीको लागि सर्वोच्च अदालत बुधबारबाट १५ दिन बन्द हुने भएको हो ।
घटस्थापनाबाट कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने सहायक प्रवक्ता नगेन्द्र कुमार कालाखेतीले जानकारी दिए ।
यद्यपी बन्दी प्रत्यक्षीकरणको रिटमा भने सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।
सर्वोच्चका सर्वोच्चका सहप्रवक्ता कालाखेतीले एक विज्ञप्ति जारी गर्दै विजया दशमीको दिन र सो अवधीको शनिबार बाहेक अन्य दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म अदालत खुल्ला जनाएको छ ।
सो अवधीभर मुलुकी फौजदारी कार्यविधी संहिता ऐन २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्नका लागि समेत व्यवस्था मिलाइएको सर्वोच्चले जनाएको छ ।
मुद्दा हेर्ने अनुमति पाएका सबै तहका अदालत खुल्ला रहने विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया