बलात्कारको आरोपमा बाबु पक्राउ

रोल्पा– बलात्कार आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया छोरीमाथि पटक–पटक करणी आरोपमा मंगलबार ४३ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘पीडितको उजुरीका आधारमा अनुसन्धानका लागि बाबुलाई नियन्त्रणमा लिइएको छ,’ प्रहरी निरीक्षक सुदर्शन पन्थीले भने । प्रहरीका अनुसार आमाको मृत्यु भएको केही समयपछि जबरजस्ती करणी सुरु गरेको ती किशोरीले उजुरीमा भनेकी छन् ।

डर त्रास देखाएर पटक–पटक आफूमाथि जबरजस्ती गर्दै आएको उनको आरोप छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?