काठमाडौं – सीमामा दैनिक भोग्नुपरेका सास्तीका बारेमा प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराउन राजधानी आएका नवलपरासी सुस्ताका बासिन्दा निराश भएर फर्किएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
सीमामा भारतीय पक्षबाट हुने गरेका ज्यादतीबारे सरकार प्रमुखलाई प्रत्यक्ष भेटेर पीडा पोख्न चन्दा उठाएरै आएका उनीहरूले प्रधानमन्त्री ओलीको समय पाएनन् । पटक–पटक प्रधानमन्त्रीलाई भेट्न खोज्दासमेत समय नदिएपछि सोमबार फर्किएको सुस्तावासीले गुनासो गरे ।
२४ जनाको टोली गत असोज ९ गते राति राजधानी आएको थियो । सुस्ता घर भई राजधानीमा बसोबास गरिरहेकाहरूले उनीहरूलाई साथ दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया