फोहर व्यवस्थापनकाे समस्या अब समाधान हुने

काठमाडौँ-लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे समस्या रहँदै आए पनि अब समाधान हुने भएको छ ।

आगामी शुक्रबारसम्ममा तत्कालका लागि अल्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको टुङ्गो लागिसक्ने कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

उनका अनुसार हालका लागि विपल्पका रुपमा आत्पकालीन र त्यसपछि दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान तय गर्नका लागि कामपा निरन्तर लागिरहेको छ । यसै साताभित्र आत्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको तय भइसक्छ ।

हाल काठमाडौँ उपत्यकाको फोहर नुवाकोटस्थित ककनी गाउँपालिकाको सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । १३ वर्ष अघि दुई वर्षका लागि भन्दै प्रयोग गर्दै आए पनि यतिका वर्ष भइसक्यो । अब उक्त स्थानमा फोहर राख्न मिल्ने अवस्था पनि छैन । त्यसैले व्यवस्थापनका लागि विकल्प खोज्न लागिएको हो ।

हरेक दिन उपत्यकाबाट १२ सय मेट्रिक टन फोहर सङ्कलन हुन्छ । त्यस्तै दैनिक निजी र महानगरको गरी २०० गाडी फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?