दैलेख– गृहमन्त्री रामबहादुर थापाले मदिरा र लागुऔषध देश विकासको बाधक बनेको बताएका छन् ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेखबाट शुरु गरिएको ‘स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणको अभियान’अन्तर्गत गृह मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
लागुऔषध निशेष, मदिरा नियन्त्रण र महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणसम्बन्धी गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने “मदिरा र लागुऔषधले महिला हिंसा, बलात्कार र बालबालिकामाथि हुने हिंसा बढाएको छ ।” उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने सरकारको अभियानलाई अनियन्त्रित मदिराले प्रत्यक्ष प्रभाव पारिरहेको जिकिर गरे ।
लागुऔषध निषेध र मदिरा नियन्त्रण सरकारको एक्लो प्रयासले नसक्ने भन्दै उनले आम जनता मिलेर सोे अभियानमा लाग्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया