ट्र्याक्टर  दुर्घटना दुईको मृत्युु

घोडाघोडी । कैलालीको बर्दगोरिया गाउँपालिका – २ बर्दगोरियामा ट्र्याक्टर दुर्घटना हुँदा आज घटनास्थलमै दुई जनाको मृत्युु भएको छ भने एक घाइते भएका छन् । 

ढुङ्गा बोकेर फल्लेबिसौनाबाट मुडातर्फ आइरहेको से १ त ३९६९ नं को ट्र्याक्टर ब्रेकले काम नगरेपछि दुर्घटना हुँदा बर्दगोरिया–१ का ३५ वर्षीय डागु चौधरी र ४० वर्षीय सुरज कठरियाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते सोही स्थानका २० वर्षीय भीम कठरियाको अवस्था सामान्य रहेको बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?