काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतम सांसद बन्ने पक्का भएको छन् । काठमाडौं–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले गौतमका लागि सिट खाली गर्रे भएका हुन् ।
सोमबार बसेको नेकपाको सचिवालय बैठकमा गौतमलाई काठमाडौँबाट उपनिर्वाचनमार्फत् संसदमा भित्र्याउने विषयमा छलफल भएको थियो ।
सांसद मानन्धरले दिएको राजीनामा पत्र सचिवालयमा छलफल भएको थियो । नेता गौतमलाई सांसद बनाउने विषयमा सचिवालयका अन्य नेता सहमत भएपनि रक्षामन्त्री समेत रहेका सचिवालयका सदस्य ईश्वर पोखरेलले भने विरोध जनाएका थिए ।
पोखरेलले यो निर्णय गलत भएको भन्दै पार्टी नेतृत्वलाई सच्चाउन सुझाब दिएका थिए ।
नेकपाको बुधबारको बस्ने सचिवालयकोे बैठकले औपचारिक निर्णय गर्ने छ । सांसद मानन्धरले राजीनामा दिएको भएपनि अझै केहि कुरा मिल्न बाँकी रहेको श्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया