सातदोबाटोमा टाफिक प्रहरीको अत्याधुनिक भवन, ६३ औं प्रहरी दिवसमा उद्घाटन गरिदैँ

काठमाडौं । ललितपुरको सातदोबाटोमा महानगरीय टाफिक प्रहरी बृत्तको अत्याधुनिक र सुविधायुक्त भवनको निर्माण कार्य सम्पन्न भएको छ । 

सो भवन नेपाल प्रहरी तथा स्थानीयवासीको चन्दा सहयोगमा एकवर्ष लगाएर निर्माण कार्य सम्पन्न भएको महानगरीय प्रहरी बृत्त सातदोवाटोका प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथुले बताएका हुन । 

साढे तीन तले यो भवनको निर्माण कार्यसंगै महानगरीय टाफिक प्रहरी ललितपुरको अधिकांस कामकारवाही सोही भवनबाट सञ्चालन हुने बताइएको छ । 

यसअघि टाफिक प्रहरी टहराबाट सञ्चालन हुदै आएको थियो । भवन सुविधा युक्तमात्र नभइ आकर्षक समेत रहेको भनाई उनको छ । यो भवनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ६३ औं प्रहरी दिवसको अवसरमा २४ गते बुधवार एक समारोहका बीच उद्घाटन गर्ने छन् । 

सर्वसाधारण नागरिक समाजको अगुवाई तथा आर्थिक सहयोगमा निर्माण गरिएको यो भवन उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरु भन्दा नमूना रहेको दावी गरिएको छ । 

टाफिक प्रहरी बृत्त भवन निर्माण समितिका अध्यक्ष भरत महर्जनका अनुसार, भवन निर्माणमा श्रमदान र चन्दा गरी करीव तीन करोड भन्दा बढी खर्च लागेको छ । 

भवनमा पार्किड सुविधाका अतिरिक्त कार्यालयकक्ष, जवानकक्ष, अतिथिकक्ष, मेस, लाइवेरी, ब्यारेक लगायत विभिन्न कार्यालयहरु रहेका छन् । 

प्रहरी निरीक्षक हाछेथुको अगुवाईमा जनश्रमदान तथा सर्वसाधारणको सहयोगमा चन्दा संकलन गरी निर्माण गरिएको प्रहरी कार्यालयहरु मध्ये सबै भन्दा उत्कृष्ठ भवन सातदोवाटो नै भएको छ । 
यसअघि हाछेथुले कालिमाटी, कोटेश्वर, दरवारमार्गमा पनि टाफिक प्रहरी भवन निर्माण गरेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?